Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने आदित्य पक्राउ

    नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने आदित्य पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 606
    SHARES

    काठमाडौं । अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ वर्षीय आदित्य कर्णलाई डिल्लीबजारबाट पक्राउ गरेको हो ।



    कर्ण जनकपुरधान उपमहानगरपालिका-४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारमा बस्‍दै आएका छन् ।



    उनले सामाजिक सञ्जालमा फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाइबरमा पेज बनाई विभिन्न महँगो ब्राण्डका आइफोन तथा मोबाइल सेटहरु विक्रीमा छ भनी पीडितहरुबाट ४ लाख ८५ हजार रुपैयाँ रकम लिएर अर्डर नदिएको आरोप लागेको छ ।

    उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार