Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

    मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 792
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ ।

    गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेको छ ।



    सिंहदरबार वृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि संलग्नता रहेको कुरा खोलेपछि बुधबार पाण्डेले दिएको बयानकै आधारमा खाँण पक्राउ परेका छन् ।



    बयानका क्रममा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको बयान दिएको प्रहरीको भनाइ छ । शरणार्थी प्रकरणको घटना सार्वजनिक भएपछि घर छाडेर रिसोर्टमा लुकिरहेका पाण्डेलाई प्रहरीले रिसोर्टबाटै पक्राउ गरेको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार