Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, पुनः काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएको छ ।

ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि फेरि काठमाडौं ल्यान्ड गराइएको हो ।

विमानस्थल स्रोतका अनुसार जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुनेछ ।

बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट १६ जना यात्रु लिएर उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077