Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलमा सट्टेबाजी गर्ने दार्चुलाका चारजना पक्राउ

दार्चुला । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा दार्चुलाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन् ।

उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077