Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।

सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र कारबाहीको मागसहित गठबन्धनका विद्यार्थीको खबरदारी गठबन्धनमा अवद्ध विद्यार्थी संगठनहरूले खबरदारी सभा गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘म पनि बिरामी छु, भूमिगत अस्पताल कहाँ छ ?’ जस्ता प्लेकार्ड बोकेका थिए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077