Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफसून्, दोषी नउम्किऊन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुलो संख्यामा ठगी र शोषण भएकाले यो बाहिरिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ । एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो ।'

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आफु खुशी भएको प्रतिक्रिया दिए । शरणार्थी प्रकरणमा ठुलठुला व्यक्तिसमेत तानिने अवस्थाबारे आफ्नो भन्नु केही नरहेको बताए ।

उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए। अध्यक्ष ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077