Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईले वेष्टइन्डिजसँग तीन ओडीआई शृंखला खेल्ने

काठमाडौं । विश्वकप छनोट तयारीस्वरुप यूएईले वेष्टइन्डिजसँग तीन खेलको ओडीआई शृंखला खेल्ने भएको छ ।

आगामी जुन जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारीस्वरुप एसोसिएट राष्ट्र यूएईले वेष्ट इन्डिजसँग तीन शृंखला खेल्न लागेको हो ।

शृंखला अर्को महिना यूएईको दुबईमा हुनेछ । सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने भएको हो ।

यूएईले भने लिग टुमा शीर्ष तीनमा नपरेपछि प्लेअफ क्वालिफायर खेल्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । वेष्ट इन्डिज र यूएईबीचको खेल जुन ५, ७ र ९ मा हुनेछ ।

त्यसपछि दुवै टोली विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछन् । तीनवटै खेल शारजहा क्रिकेट स्टेडियममा हुनेछ । विश्वकप छनोट जुन १८ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077