Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेठमा बैंक निक्षेप ब्याजदर यथावत रहने

काठमाडौं । आगामी जेठमा बैंकहरूको निक्षेप ब्याजदर यथावत रहने भएको छ ।

बैंकर्स संघको कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

माघमा ११ प्रतिशतमा झरेको ब्याजदर वैशाखमा एकल अंक ९.९९ प्रतिशतमा झारिएको थियो । जेठमा पनि यही ब्याजदर कायम हुने भएको हो ।

अहिले संस्थागत मुद्दती निक्षेप ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म छ ।

ब्याजदर घटाउँदा पनि निक्षेपमा खासै सुधार नभएको भन्दै बैंकर्स संघले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077