Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भन्ने सोचेको थिइनँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोपबहादुर रायमाझी यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको बताएका छन् ।

बिहीबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन। मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ ।’

ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको समेत बताए । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरे।

टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीले बताए ।

रायमाझीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि रायमाझी हालसम्म फेला पर्न सकेका छैनन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077