Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेसपाले भन्यो- नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्नेमाथि कारबाही होस्

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी छिटो तार्किक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

उनले हालसम्म नेपाल प्रहरीले गरेको तादरुकतालाई प्रशंसा गर्दै कुनै पनि बहानामा अपराधिलाई उन्मुक्ति नदिई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्टराईले राज्यकै उच्च तहका पदाधिकारीहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताए ।

उनले आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नुलाई निकृष्टतम ‘अपराध’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077