Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिंगापुर, दुबई र माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

    सिंगापुर, दुबई र माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 828
    SHARES

    काठमाडौं । सिंगापुर, दुबई र माल्दिभ्स पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    सिंगापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा झापाका २० वर्षीय सृजन निरौला पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले विभिन्न १२ जना व्यक्तिलाई सिंगापुर पठाइदिने प्रलोभन दिई प्रतिव्यक्ति १४ लाख ठगी गरेको अरोप छ ।



    उनले मासिक चार लाख तबलको प्रलोभन दिएर ती व्यक्तिहरूबाट ९५ लाख ठगी गरेको बताइएको छ । त्यस्तै दुबई पठाइदिने भन्दै ठगी गर्ने रसुवाका ३८ वर्षीय होमबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।



    यसैगरी माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गर्ने काभ्रेका ४६ वर्षीया अन्जन सिग्देल पनि पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार