Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालीलाई अनागरिक बनाउनु राज्यविरुद्धकै अपराध हो, दोषीलाई छोड्दैनौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको बताएका छन् ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी) का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरि सरकार अगाडि बढेको बताए । यस प्रकरणमा ठगी गर्ने गिरोहलाई कारबाहीको दायरमा ल्याइने उनले प्रतिवद्धता जनाए । 'निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्। दोषी छुट्ने छैनन्', उनले भने।

श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरेका थिए । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077