Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै, भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आज ज्ञापन पत्र बुझाउने भएको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरण निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

आज दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्षलिङ्देनले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।भ्रष्टाचारविरुद्ध एकजुट हुन अध्यक्ष लिङ्देनले आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077