Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोटका लागि वेस्ट इन्डिजको टिम घोषणा

एजेन्सी । जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि वेस्ट इन्डिजले टिमको घोषणा गरेको छ ।

जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ सम्म विश्वकप छनोटको आयोजना गर्दैछ ।

विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका र वेस्ट इन्डिजसहित १० टिमको सहभागिता रहनेछ ।

विश्वकप छनोटबाट भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोटका लागि वेस्ट इन्डिजले शाई होपको कप्तानमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विश्वकप छनोट अघि वेस्ट इन्डिजसले यूएईविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्दैछ ।

यस्तो छ वेस्ट इन्डिजको टिमः

टिममा कप्तान शाई होप, उपकप्तान रोभम्यान पोवेल, शामारह ब्रुक्स, यानिक कारिया, केसिया कार्टी, रोस्टोन चेज, जासोन होल्डर, एकिन हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किंग, कायल मेयर्स, गुडाकेस मोटी, किमो पल, निकोलास पुरन तथा रोमारियो शेफर्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077