Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजीतिकरण नगरौं : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन्।

सामाजिक संञ्जालमा लेख्दै नेता सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन पर्ने बताएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने सिंहको भनाई छ ।

सिंहले लेखेका छन्, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निरक्योल हुन सकोस् ।’

उनले शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नु पर्ने उनले बताए । नेता सिंहले यो प्रकरणलाई राजीतिकरण गर्न नहुने बताए।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत यो प्रकरणमा पक्राउ परेका छन्। अदालतबाट म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077