Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेट, रविले भने - भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउनू

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृतमै तरंग पैदा भईरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि आज लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्रीसंगको भेटमा लामिछानेले प्रचण्डलाई भ्रष्टाचारविरूद्धको लडाइँमा जो भए पनि  दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गरे। सभापति लामिछानेले भ्रष्टाचारविरूद्धको अभियान सबै पार्टीको साझा दायित्व भएको बताए ।

लामिछानेले दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहने समेत बताए । प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर त्यसबारे पनि जिज्ञासा राखेको उनले बताए।

प्रधानमन्त्रीलाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछाने बताए । रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077