Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यौन काण्डमा पक्राउ परेका राई रविको पार्टीका कृषि विज्ञ !

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर पक्राउ परेका मदन राई राष्ट्रिय स्वतन्त्र पार्टीका कृषि विज्ञ रहेको खुलेको छ ।

पक्राउ परेका राई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कृषि विज्ञ रहेको खुलेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राईलाई कृषि विज्ञ र अन्य भनेर जिम्मेवारी दिएको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।

राईमाथि शुभद्रा मदन फाउन्डेसनमा अध्ययनरत बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । राईलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077