Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर साम्पाङको विरोधमा उत्रिए सुनसरीका पत्रकार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् ।

मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

अराजक गतिविधि गर्दै अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिने मेयर साम्पाङलाई कारबाही गर्नुपर्ने गर्दै धरान, इटहरी, इनरुवा, बराहक्षेत्र बाट ५० जनाभन्दा बढी पत्रकार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077