Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले टुंग्यायो विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या टुंगो लागेको छ ।

प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।

जसअनुसार अधिवेशनमा ७७८ जना सहभागी हुनेछन् । २ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ ।

मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077