Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टीआई नेपालले भन्यो - भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शिथिल नहोस्

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ ।

शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।

'हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार माग गर्दछ,' वक्तव्यमा उल्लेख छ ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र नभई राज्यविरुद्ध, नागरिकविरुद्ध र मानवताविरुद्ध अक्षम्य अपराधसमेत भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077