Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वाइसीएल अध्यक्ष शेर्पालीले भने - प्रचण्ड कमरेड, क्यान्टोनमेन्टको छानबिन गर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को छानबिन गर्न माग गरेका छन् ।

वाइसिएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरूले सरकारले सुरू गरेको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै बानेश्वरमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष श्रीपालीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग यस्तो माग गरेका हुन् ।

उनले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरुलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरे ।

सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077