Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जंगलको डढेलो घरमा सल्किँदा हिँडडुल गर्न नसक्ने मनकुमारको मृत्यु

पाँचथर । जंगलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ।

बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जंगलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किँदा आगलागी भएको थियो। आगलागीमा परी नेम्वाङका छोरा हिँड्डुल गर्न नसक्ने ३२ वर्षीय मनकुमार नेम्वाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खरको छानो भएको घरमा जंगलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो। घरमा मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुईतले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

बिहीबारदेखि नै जिल्लाको फिदिम नगरपालिका–९ को लम्जक सामुदायिक वन, फिदिम–८ को भष्मे जंगल र मिक्लाजुङ गाउँपालिका–८ को देउराली सामुदायिक वनमा आगलागी भएको तर सो आगलागीले नजिकका बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। ती स्थानमा प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेको प्रनाउ खतिवडाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077