Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरानमा लाग्यो 'हर्क साम्पाङ मुर्दावाद'को नारा, खानेपानी पाइपमा लगाइयो आगो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।

मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका हुन् ।

उनले पानीको समस्या देखाएर राजनीति गर्न चाहेकाहरू नै आफूलाई असफल बनाउन लागि परेको बताए । नियोजित रूपमा खानेपानीको पाइपमा आगो लगाइएको भन्दै उनले निराशा पोखे ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज 'हर्क साम्पाङ मुर्दावाद'को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा... भाइ वा... धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा...'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077