काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोह र तिनका संरक्षकविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ।
नागरिक समाजले आज भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डे, रन्जु दर्शनादेखि भाइरलम्यान पुन्य गौतम सहभागी भएको थियो ।
उनीहरूले टोपबहादुर हो कि टापबहादुर, भन्नेछौँ हामी बारम्बार भ्रष्टाचारीलाई कारागार, करोडौँ पर्ने बंगला तिमीलाई कसले किन्दियो ? लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरिएको थियो । प्रदर्शनमा रास्वपाका सभापति रवि लामिछाने, पार्टीका सांसद, कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।