Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समिति बनाएर मन्त्रीदेखि राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गरौँ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

शनिवार माइतीघर मण्डलामा भएको भष्टाचारविरोधी धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले अधिकार सम्पन्न छानबिन समिति बनाएर पञ्चायतकलाका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

भट्टराईले देशमा अस्थिर सरकार भएका कारण भष्टाचारीमाथि कारबाही हुनेमा शङ्का गर्ने ठाउँ रहेको बताए । उनले कानुनमा अपराधीलाई उन्मुक्ति दिने छिद्रहरू रहेको बताउँदै राज्यले खुट्टा नकमाईकन भष्टाचारीलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।

उनले निष्पक्ष छानबिन समिति बनाएर सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले पञ्चायतकलाका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको सम्पत्ति छानबिन गर्ने संयन्त्र बनाएर काम गर्न आग्रह गरे ।

भट्टराईले लोकतन्त्रका कारण भ्रष्टाचार बढेको नभई विगतमा मन्त्री भएका सम्पूर्ण जीवित व्यक्तिको एउटा अधिकार सम्पन्न छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077