Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महाभियोग न्यायपालिकामाथि हस्तक्षेपको अस्त्र बन्न नहुने

    महाभियोग न्यायपालिकामाथि हस्तक्षेपको अस्त्र बन्न नहुने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 342
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा त्यसलाई न्यायपालिकामाथि हस्तक्षेप र नियन्त्रण गर्ने माध्यम बनाउन नहुने ठहर गरेको छ ।

    तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाभियोगसम्बन्धी मुद्दाको विषयमा भएको फैसलामा महाभियोग पारित गर्न नसके त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने उल्लेख छ । प्रधानन्यायाधीश कार्की २०७४ जेठ २४ गते उमेरहदका कारण सेवानिवृत्त भएकी थिइन् ।



    कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले २०७९ मंसिर ७ गते सुनाएको फैसलाको पूूर्णपाठ हालै सार्वजनिक भएको छ । न्यायाधीश भट्टराईले भने फैसलामा फरक राय व्यक्त गरेका छन् ।



    संसद्मा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तर टुंगोमा नपुर्‍याई अलपत्र छाड्ने प्रवृत्ति देखिएपछि सर्वोच्चले महाभियोगलाई न्यायपालिकामाथि नियन्त्रण गर्ने हतियार बनाउन नहुने उल्लेख गरेको हो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार