Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीको एक खाद्य गोदाममा आगलागी, झन्डै ६ करोडको क्षति

कैलाली । कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी (दक्षिणकाली मार्ग) स्थित पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको खुलेको छ ।

आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । आगलागीबाट झन्डै ६ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077