Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नेविसंघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले प्रदर्शन गर्दै  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका  कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेका खाँणलाई निलम्बन गर्न माग गरेको हो।

नेविसंघले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले खाँणलाई वैशाख २७ मा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077