Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टोखामा रक्सी खाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

प्रहरीले टोखा नगरपालिका-८ बस्ने मोतीमाया पौडेलको हत्या गरेको आरोपमा धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो।

उनलाई शनिबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूबीच झगडा भएको थियो। शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ।

कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077