Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तरुण दलले भन्यो - प्रमाणबिना शरणार्थी प्रकरणमा जोडेर आरजुको चरित्र हत्या गरियो

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले विज्ञप्ति जारी गर्दै आरजु राणा देउवालाई विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण जनाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाणबिना कसै प्रति लाञ्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’

अध्यक्ष गुरुङले कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताए। अनुसन्धानलाई टुंगोमा पुर्‍याउन सरकार, गृहमन्त्रालय र प्रहरीलाई सहयोग गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077