Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 924
    SHARES

    काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

    म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किदै गर्द खाँणले यस्तो बताएका हुन् ।



    कांग्रेस नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।



    शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार