Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विवादै विवादमा उपसचिव रेग्मी

    विवादै विवादमा उपसचिव रेग्मी

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 16.6K
    SHARES

    काठमाडौं । निजामती कर्मचारीहरुको ट्रेड युनियनका नाममा सधैं मन्त्रीको पीए, जनसम्पर्क हुने कार्यालयमा बस्ने र अकूत लाभ लिने प्रबृत्ति गणतन्त्र र संघीयता आएपछि झन् बढी देखिएको छ ।

    खासगरी पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी निकट कर्मचारी संघ संगठनका पदाधिकारी र नेताहरु जुन पार्टी सत्तामा आए पनि सधैं आकर्षक र आर्थिक लाभ हुने निकायमा सरुवा मिलाउने, सेटिङ गर्ने कार्यमा लिप्त भई अकूत सम्पत्तिका मालिक भएका छन् ।



    यतिसम्म कि खटाइएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले पटक पटक कारबाही गर्ने गरेको सुनिन्छ ।



    तर हाल रक्षा मन्त्रालयका उपसचिव रहेका शोभाखर रेग्मीमा भने त्यो लागू हुन सेकेको छैन । रेग्मी रामेछापको प्रजिअबाट बैतडीको सहायक प्रजिअमा सरुवा भए पनि हाजिर हुनै गएनन् । उनी निजामती कर्मचारी युनियनको नेतृत्वमा रहँदा र गृहमा हुँदा अध्यागमनमा कर्मचारी सरुवा प्रकरणमा पनि विवादमा तानिएका थिए ।

    कांग्रेस निकट कर्मचारी कोही नभएजस्तो गरी रेग्मी आफैंले दोहोरो जिम्मेवारी लिएपछि असन्तुष्टि सतहमा आएकै हो । कांग्रेसनिकट कर्मचारीलाई गृहबाटै लखेट्ने र आर्थिक लाभ लिएर अन्य पार्टीनिकट कर्मचारीहरुलाई लाभ हुने ठाउँमा सरुवा गरेको आरोप पनि रेग्मीमाथि लागिरहेको छ ।

    रक्षा मन्त्रालमा आएका उनी अहिले शान्ति मिसनमा सेनाको खटनपटन गरेको विषयमा पनि विवादमा तानिएका छन् ।

    यद्यपी रेग्मीले आफूमाथि लगाइएको आरोप सबै झुटो भएको बताएका छन् । अनलाइन नेपालसँगको कुराकानीमा उनले नियोजित रुपमा आफ्नो नाम जोडेर समाचार बनाइएको भन्दै असहमति जनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार