Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

    उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 513
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ ।

    निर्वाचन आयुक्त थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा रक्षामन्त्री खड्कासँग छलफल गरेका हुन्।



    प्रतिनिधिसभा र प्रदेश सभा सदस्य तथा रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।



    विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा एक–एक पद रिक्त छ।

    इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेशको बझाङ निर्वाचन क्षेत्र नं. १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो।

    ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार