Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्ष स्यान्डर्सबीच शिष्टाचार भेट

    रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्ष स्यान्डर्सबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 447
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन्।

    सिंहदरबारस्थित रक्षामन्त्रालयमा स्यान्डर्सले रक्षामन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।



    भेटमा रक्षामन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।



    रक्षामन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।

    भेटका अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाउनु भएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।

    अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार