Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैन् : रक्षामन्त्री खड्का

    अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैन् : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् ।

    काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे ।



    उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए ।

    रक्षामन्त्री खड्काले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए ।

    उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार