Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिन्छ : रक्षामन्त्री खड्का

    राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिन्छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 666
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनबाट एउटा मात्र उम्मेदवार हुने बताएका छन्।

    नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले गठबन्धनमा सल्लाह गरेर एकमात्र उम्मेदवार बनाइने बताए ।



    उनले गठबन्धनमा केही समस्या भए आपसमा बसेर टुंगो लगाउने बताए । गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको उनको दाबी छ ।



    खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गर्दै राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिने जनाए ।

    गठबन्धनमा असमझदारी बढेको चर्चा चलिरहेको बेला खड्काले बिहीबारमात्र उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटेर राजनीतिक वार्तालाप गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार