Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी नगरौं : रक्षामन्त्री खड्का

    सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी नगरौं : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 777
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।

    शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै रक्षामन्त्री खड्काले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताएका हुन्।



    रक्षामन्त्री खड्काले भने,‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ । सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्पेषण गरेर मात्र विकास हुने होइन जस्तो लाग्दछ ।’



    तर, आफूले सरकारी निकायमा समस्या नरहेको भनी जिकिर नगरेको पनि उनले बताए ।

    सरकारी निकायमा भएको कमिकमजोरी सुधार्दै जाने र तथ्यहिन आरोपहरुलाई तथ्य र प्रमाणले चिर्दै जाने कुरामा सरकार क्रियाशिल रहेको पनि उनले बताए ।

    अनुशासित र नैतिकवान नागरिक र ति नागरिकबाट हुने क्रियाकलापले मात्र समाज सभ्य र सुसंस्कृत हुने रक्षामन्त्री खड्काको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार