Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : राजस्थानमाथि बैंग्लोरको सानदार जित, प्लेअफको सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई ११२ रनको फराकिलो अन्तरले हराएको छ ।

बेङ्गलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयो ।

यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

यो जितसँगै बेङ्गलोर १२ खेलमा १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बेङ्गलोरको प्लेअफ सम्भावना कायमै छ । १३ खेलमा १२ अङ्क भएको राजस्थान छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077