Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन चार दिनमा बुझाउन सरकारी वकिलको निर्देशन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चार दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा शनिबारदेखि लागु हुने गरी चार दिनको मात्रै म्याद मागेको हो । सरकारी वकिलको कार्यालयले पनि प्रहरीलाई चार दिनभित्रै अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन भनेको बताइएको छ ।

अनुसन्धान प्रतिवेदन अध्ययनका लागि केही समयअघि नै प्रतिवेदन माग गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान समयमै सकिने गरी काम भइरहेको जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

उनीहरूलाई फेरि बुधबार अदालतमा उपस्थित गराउनु पर्नेछ। आइतबार मात्रै सरकारी वकिल कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए नरेन्द्र केसीको बयान लिएको छ। खाणको बयान सोमबार लिने तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077