काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावा हुरीसहितको वर्षा भएको छ ।
बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण हावा हुरीसहितको वर्षा भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको छ । आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुने महाशाखाले जनाएको छ ।
यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि अहिलेदेखि पर्न थालेको हुन सक्ने मौसमविद्ले जनाएका छन् ।