Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : चेन्नाईमाथि कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077