Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

    मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 507
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् ।

    बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू प्रहरी फन्दामा परेका थिए । यस प्रकरणमा मुख्य बिचौलियाको रूपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङ र मोरङकै सागर राईलगायत थिए ।



    उनीहरू पक्राउ परेलगत्तै मन्त्री र सचिवलाई घुस दिएको बताएका थिए । त्यसपछि उनीहरूकै बयान र प्राप्त कागजातका आधारमा प्रहरीले शुरूमा तत्कालीन गृहसचिव पाण्डे र त्यसपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गर्न सफल भएको थियो ।



    स्रोतका अनुसार यस प्रकरणमा बिचौलिया तथा उनीहरूलाई काम लगाउने मन्त्री तथा सचिवको जालो नै प्रहरीको फन्दामा परेको छ । यसो त सरकारी निकायमा यस्ता जालाहरू असंख्य रहेको प्रशासनविद्हरूको भनाइ छ ।

    प्रशासनविद् तथा पूर्वसचिव श्यामप्रसाद मैनालीले साना ठूला बिचौलिया र माफियाको कनेक्ससले सिंगो सरकार नै सञ्चालन गरिरहेकाले बिचौलिया प्रथा हटाउन सरकारी निकायमा ठूलै अप्रेसन जरुरी रहेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार