Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महेश बस्नेत भन्छन् - एमालेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै पार्टीका सचिव टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको टिप्पणी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी आइतबार साँझ परेपछि बस्नेतले यस्तो बताएका हुन् । बस्नेतले नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध गरे ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ। नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन् ।

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीका अनुसार, उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077