Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोपबहादुर रायमाझीलाई म्याद थप्न अदालत लग्ने तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

शनिबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो ।

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पूर्जी जारी भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077