Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बयानका लागि पूर्वगृहमन्त्री खाँण सरकारी वकिलको कार्यालयमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालय लगेको छ ।

आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो ।

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । खाँणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो।

सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077