Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सबैलाई दण्डित गर्नुपर्छ : माधव नेपाल

वीरगन्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्ने पनि बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाएर देशको मान, सम्मान र मर्यादामा आँच पुर्‍याउने, राजनीतिलाई ठगी खाने पेसाको रुपमा अगाडि सार्ने जस्तो काम भएको छ । त्यस्तो कुकृत्य गर्नेलाई साथ दिनुहुँदैन । संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ ।’

अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अन्तिम परिणामसम्म खुट्टा कमाउन नहुने बताए । शरणार्थी प्रकरणमा वर्तमान सरकारलाई राजनीतिक दबाव दिन नहुने समेत बताए । अध्यक्ष नेपालले अन्तिम परिणामसम्म यो सरकारले खुट्टा कमाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077