काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले भारतको प्रेसर कूटनीतिमा नपर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दााहाल प्रचण्डको भारत भ्रमण सरिरहेकोमा आशंका व्यक्त गरेका हन् ।
पन्तले पूर्वराजालाई भारत भ्रमणमा बोलाएर भारतले प्रेसर कूटनीति दिएको बताए।
सांसद पन्तले भने, ‘भारतमा प्रधानमन्त्रीलाई आउन नदिने तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने र प्रेसर डिप्लोम्यासी दबाबको कुटनीति। के एजेण्डामा मेरो पुरा गर्छौँ त्यो आउने एजेण्डामा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भन्नेका लागि पूर्वराजालाई बोलाइयो ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने प्रवृति देखा परेको भन्दै यसलाई प्रेसर कूटनीतिको संज्ञा दिए ।
सांसद पन्तले भारतको प्रेसर कूटनीतिमा नपर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।