Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकका चाहना बोकेर अघि बढ्न आवश्यक छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिकका समयानूकुल एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले लामो सङ्घर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्णरूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानूकुल वर्तमान एजेन्डा र नागरिकको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए ।

लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा नागरिकले नयाँ विकल्प खोजेको उनको भनाई छ । नागरिकले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077