Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

    स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 558
    SHARES

    कैलाली । धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार) सहित दुई युवक पक्राउ परेका छन् ।

    अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिए हो ।



    उनीहरुको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार (पाँच सय दलका ८२ नोट) नेपाली रुपैयाँ बरामद गरिएको उनले बताए । दुवै जनाको साथबाट प्रहरीले कुल नेपाली १४ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुुसन्धान विभाग नेपालगञ्जमा बुझाइने कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार