Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : हैदराबादलाई हराउँदै गुजरात प्ले अफका लागि छनोट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।

आईपीएल २०२३ अन्तर्गत नवौं जीत निकाल्दै गुजरात १८ अंकसहित प्लेअफमा पुग्ने पहिलो टीम बनेको छ । हैदराबादले भने आठौं हार व्यहोरेको छ भने अंकतालिकामा ८ अंक मात्रै रहेकाले प्लेअफको दौडबाट बाहिरिएको छ ।

अहमदाबाद खेल मैदानमा भएको ६२औं प्रतिस्पर्धामा शुरूआती ब्याटिङ गर्दै गुजरातले हैदराबादसामु १८९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै हैदराबादले २० ओभर खेल्दै ९ विकेटमा १५४ रन मात्रै बनाउन सक्यो ।

गत वर्ष डेब्यु सिजन नै उपाधि जितेको गुजरात शीर्ष दुई स्थानमा रहने पनि निश्चित भएको छ । सन् २०१६ को च्याम्पियन हैदरावादको भने प्ले अफ सम्भावना समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077